राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी उम्मेदवार निर्विरोध

राष्ट्रियसभाको उपाध्यक्षमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

आज बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । 

आइतबार भएको मनोनयन दर्ता प्रक्रियामा उनको मात्र उम्मेदवारी परेको थियो । सत्तारुढ गठबन्धनले अर्याललाई उठाउँदा कांग्रेसले पनि उनैलाई समर्थन गर्ने गरेको हो ।

टिप्पणीहरू