दलित र वादी विकास समिति यथावत् राख्न सांसद परियारको माग

दलित र वादी विकास समिति यथावत् राख्न सांसद परियारको माग

नेपाली काँग्रेसका सह–महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य जीवन परियारले दलित विकास समिति र वादी समुदाय उत्थान विकास समिति यथावत् राख्नुपर्ने माग गरेका छन् ।

आज सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर उनले मन्त्री अमनलाल मोदीसमक्ष पत्र बुझाउँदै यस्तो माग राखेका हुन् ।

सांसद परियारसहित नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य जितु गौतम, नेपाल दलित मुक्ति मोर्चाका इञ्चार्ज परशुराम रम्तेललगायत आधा दर्जनभन्दा बढी रहेको टोलीले मन्त्री अमनलाल मोदीलाई मागपत्र हस्तान्तरण गरेका हुन् ।
 

टिप्पणीहरू