बानेश्वरमा सांसदहरुलाई तालिम

बानेश्वरमा सांसदहरुलाई तालिम

संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुलाई अभिमूखीकरण तालिम दिएको छ । आज संघीय संसद भवन बानेश्वरमा संसदीय प्रक्रिया र अभ्यास’ सम्बन्धी तालिम प्रारम्भ गरिएको छ ।

तालिमको पहिलो सेसनमा संविधानसभा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले संसदीय मर्यादा र सांसदको भूमिकाबारे जानकारी दिनुभएको बताइएको छ ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, सांसद र सचिवालयका कर्मचारीहरुको सहभागिता छ ।

टिप्पणीहरू