नेकपा एसको बैठक मध्याह्न १२ बजे

नेकपा एसको बैठक मध्याह्न १२ बजे

नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालयको ४९ औँ बैठक बस्न लागेको हो । बैठक मध्याह्न १२ बजे सुरु हुने बताइएको छ । 

नयाँ राष्ट्रपतिको निर्वाचन र गृह मन्त्रालयमा रवि लामिछानेको दावीका कारण सत्ता गठबन्धनमा किचलो बढेको भनिएका बेला सरकारको नेतृत्व गरेको माओवादीसहितका प्रमुख राजनीतिक दलहरुका बैठक पनि बसिरहेका छन् । 

माघ ११ गतेदेखि शुरु भएको माओवादी स्थायी समिति बैठक आज पनि बस्दैछ ।  त्यस्तै, प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक आजै बसेको छ । यता, सत्तारुढ दल एमालेले पनि केन्द्रीय सचिवालय बैठक डाकेको छ ।

टिप्पणीहरू