रवि लामिछानेमा शारीरिक समस्या शुरु भएको वरिष्ठ पत्रकार त्रिपाठीको दावी

वरिष्ठ पत्रकार तथा घटना र विचार साप्ताहिक एवम् डट कमका प्रधान सम्पादक देवप्रकाश त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा एक प्रकारको पागलपन शुरु भएको बताउनुभएको छ । त्रिपाठीले अचानक र फटाभट भनेझैँ आफूले सोचेबमोजिमको उच्च पद पाएलगत्तै नसोचेको बेला भुईंमा झर्न परेकाले उनमा एक प्रकारको मानसिक सन्तुलन कायम हुन नसकेको टिप्पणी गर्नुुभएको छ ।

उहाँले ग्लोबल टिभीसँगको कुराकानीमा उक्त धारणा राख्नुभएको हो । पेट भर्नकै निम्ति मुलुकको नागरिकता छाड्ने गलत मानसिकता २५ वर्ष उमेर नाघेको कुनै पनि मानिसमा आउँछ भने उसको मानसिकता र मनोवृत्ति के होला ? भनेर अनुमान लगाउनुपर्ने त्रिपाठीको सुझाव छ । रवि लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएको र वर्षौंसम्म अमेरिकामा बसेको सन्दर्भलाई पनि कुराकानीमा सगर्व जोडेका छन्  । त्यसैबाट उनी पहिलेदेखि गलत मानसिकता बोकेर हिँडेको अर्थ लगाउन सकिने देवप्रकाशको भनाइ छ ।

नेपाल फर्केपछि पनि उनले गरेका अनेकौं स्टण्ट,पत्रकारिताको आवरणमा गरेको कमाउ धन्दाबारे सर्वसाधारणलाई कुनै जानकारी नभए पनि पत्रकारितामा लागेका सबैलाई रविको उक्त धन्दाको बारेमा पर्याप्त ज्ञान रहेको त्रिपाठी बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘के थियो भन्ने हामीलाई थाहा छ । पैसा कमाउन कसरी लागेका थिए । कसरी ब्ल्याकमेलिङ चल्थ्यो । पत्रकारिता कसरी बदनाम भइरहेको थियो भन्ने कुरो आमसर्वसाधारणलाई थाहा थिएन ।’

उनीहरुलाई रविले राम्रै काम गरेको भान परे पनि प्रवृत्तिको विश्लेषण गर्दा उनको नियत पहिले पनि राम्रो नभएको त्रिपाठीको विश्लेषण छ । अहिलेका घटनाले उक्त प्रवृत्तिलाई उजागर गरिदिएको उहाँको बुझाइ छ । त्रिपाठी भन्नुहुन्छ, ‘अहिले साँंसद पद गयो, मन्त्री पद गयो । त्यसपछि एक प्रकारको पागलपन शुरु भएको छ । सपना जस्तो भयो । अचानक आयो,फटाफट उच्च पद पाइयो । दुई चार दिनको रमितापछि फ्याट्टै खस्दा मानसिक सन्तुलन कायम हुन गाह्रो भयो ।’
 

टिप्पणीहरू