बेलायत कांग्रेसमा लडाईं– दाहाललाई अधिकार, गुरुङ आगो

नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी युके) को कार्यकारी अधिकार आफ्नो काँधमा आएको बताउँदै सभापति महेशकुमार दाहाल अगाडि बढेपछि अर्का सभापति युवराज गुरुङ ‘आगो’ भएका छन्। 
डा. शेखर कोइराला खेमाका दाहाल २७ नोभेम्बर २०२१ का दिन सम्पन्न पाँचौं अधिवेशनको सहमतिलाई टेकेर २८ नोभेम्बरदेखि कार्यकारी सभापति बनेपछि देउवा छउञ्जेल मै हो भन्ने गुरुङ आक्रोशित भएका हुन् । उता गुरुङ पक्षधर भने हामी अघिल्लो सहमति मान्दैनौं भन्दै हिंडेका छन् । गुरुङ समूहले आउँदो २८ जनवरीमा भेला डाकेको छ ।  

गत वर्ष चक्रीय प्रणालीको आधारमा चार जनाले एक–एक वर्ष नेतृत्व गर्ने सहमति बनेको थियो । पाँचौं अधिवेशनमा निर्वाचन समिति संयोजक डा. सम्पूर्णानन्द ढुंगाना, विधान समिति संयोजक शिवजी श्रेष्ठ र केन्द्रिय पर्यवेक्षक लोक गुरुङ तीनै जनाले अन्योल समाप्त भइसकेको स्पष्ट पारेका थिए । 

दाहालले निकट भविष्यमा कांग्रेस पार्टीको साख अझै बढाउने र जनहित सरोकारको विषयमा अझै प्रभावकारी काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 

टिप्पणीहरू