सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णविवरण)

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णविवरण)

सात दलीय सत्ता गठबन्धनले २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । 

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम गठबन्धनका शीर्ष नाताहरुको उपस्थितिमा आज  सार्वजनिक गरिएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष तथा गठबन्धनका मुख्य नेता केपी ओलीको उपस्थितिमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो ।

न्यूनतम साझा कार्यक्रममा खर्च कटौती गर्दै जनताका आधारभूत आवश्यकता पूरा गर्ने बताइएको छ । त्यस्तै, ६० वर्षभन्दा माथिकालाई सामाजिक सुरक्षा प्रदान गर्ने, रोडमा बस्नुपर्ने बाध्यता हटाउने, जेष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहजस्ता नसर्ने रोगको निःशुल्क परीक्षण, औषधि उपलब्ध गराउने, प्रभावकारी स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सहज बनाउने, स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने जस्ता कुरालाई प्राथमिकता दिइएको छ । 

न्यूनतम कार्यक्रममा जनसरोकार र सेवा प्रवाहको विषयलाई मुख्य रुपमा जोड दिइएको छ ।

टिप्पणीहरू