छिमेकमा कोरोना फैलिएको भन्दै गृहको सतर्कता

छिमेकमा कोरोना फैलिएको भन्दै गृहको सतर्कता

गृह मन्त्रालयले कोरोना भाइरसको सङक्रमणबाट बच्न आग्रह गरेको छ । 

छिमेकी राष्ट्रलगायत केही देशहरुमा कोभिड–१९ को नयाँ स्वस्प (भेरियन्ट) देखा परेपछि यसको जोखिम तथा असर नेपालमा पर्न सक्ने भन्दै मन्त्रालयले सजग हुन अनुरोध गरेको हो । 

जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा बढी भिडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजर प्रयोग गर्न मन्त्रालयले भनेको छ । 

त्यस्तै, ‘सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजर प्रयोग गर्ने, एक अर्कोमा भौतिक दूरी कायम राख्ने, व्यक्तिगत सरसफाईलगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन सबैमा अनुरोध गर्दछौँ,’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

टिप्पणीहरू