बढ्यो कोभिड जोखिम, उच्च सतर्कता अपनाउन सरकारको आग्रह

बढ्यो कोभिड जोखिम, उच्च सतर्कता अपनाउन सरकारको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बाट बच्न र बचाउन आग्रह गरेको छ । छिमेकी मुलुकहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ संक्रमण बढेको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम रहेकाले सजग रहन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन । यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नेपालमा पनि संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवम् नियन्त्रणका लागि आमजनसमुदाय सजग एवम् सचेत हुन जरूरी छ ।’

चीनमा गत साता एकै दिनमा तीन करोड ७० लाख मानिसमा संक्रमण पुष्टि भएको बताइएको छ । डिसेम्बर महिनाको २० दिनमा चीनमा २४ करोड ८० लाख मानिस संक्रमित भएको जनाइएको छ ।

उता भारतमा पनि संक्रमितको संख्या बढेको छ । भारत सरकारले आजदेखि संक्रमण धेरै भएका मुलुकबाट भारत आउने यात्रुको कोभिड परीक्षण गर्ने जनाएको छ ।

टिप्पणीहरू