विदेशमा छँदा पनि अश्लिल म्यासेज गर्नेलाई प्रहरीले छाडेन

विदेशमा छँदा पनि अश्लिल म्यासेज गर्नेलाई प्रहरीले छाडेन

सामाजिक सञ्जालमा अश्लिल शब्दको प्रयोग गरेर म्यासेज गर्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ नौदिहवा घर भई वैदेशिक रोजगारीका लागि दुबईमा रहेका विश्वनाथ कुर्मी अश्लिल म्यासेज गरेर अरुलाई दुःख दिएको अभियोगमा समातिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाई अश्लिल संवादको अभिलेख पठाई मानसिक दुःख तथा हैरानी दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

कुर्मीलाई दुबईबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्यूरोबाट खटिएका टोलीले उनलाई समातेको हो । 

अदालतबाट थप चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू