करोडौंको कोकिनसहित युक्रेनी र थाई महिला पक्राउ

ठूलो परिमाणमा लागूऔषध कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन् । ५ किलो ६ सय ग्राम कोकिनसहित प्रहरीले तीन महिलालाई पक्राउ गरेको बताइएको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस सम्बन्धमा जानकारी गराएको हो । ब्यूरोका अनुसार पक्राउ पर्नेमा युक्रेन र थाइल्याण्डका महिला हुन् ।

अस्ति बुधबार दुबईबाट काठमाडौं आएकी युक्रेनी नागरिकको गतिविधि शंकास्पद देखिएपछि निगरानी गर्ने क्रममा ठमेलमा पक्राउ गरिएको हो । उनले ल्याएको दुई वटा सुटकेशभित्र फल्स बटम बनाई लुकाइराखेको अवस्थामा उक्त परिमाणमा कोकिन र केही अमेरिकी डलर, थाई भाट र नेपाली रुपैयाँ बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालले जानकारी दिए ।

थप अनुसन्धानको सिलसिलामा कोकिनको सुटकेश लिन आएकी थाई नागरिकलाई पनि पक्राउ गरिएको उनले बताए । बरामद भएको कोकिनको बजार मूल्य १२ करोड रुपैयाँभन्दा बढि पर्ने प्रहरीको भनाइ छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू