छिमेकमा कोरोना बढेपछि स्वास्थ्य मन्त्रालयको सूचना

छिमेकमा कोरोना बढेपछि स्वास्थ्य मन्त्रालयको सूचना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेको बताएको छ । फरक स्वरुपमा कोरोना भाइरस संकमणको जोखिम देखिएको उल्लेख गर्दै मन्त्रालयले सतर्कता अप्नाउन आग्रह गरेको हो । 

मन्त्रालयले अनिवार्य रुपमा मास्क लगाउन, भौतिक दुरी पालना गर्न र सरसफाइमा विशेष ध्यान दिन सुसूचित गराएको छ । छिमेकी मुलुक भारतलगायत अन्य मुलुकमा कोरोनाको नयाँ भेरियन्ट देखिएको हुँदा बेलैमा सतर्कता अप्नाउन आग्रह गरिएको मन्त्रालयको सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । 

सम्पूर्ण प्रवेश बिन्दुका हेल्थ डेस्क तथा स्वास्थ्य संस्थाहरुलाई आवश्यक स्क्रीनिङ्ग, निगरानी, सतर्कता एवम् आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइसकेको उनले जानकारी दिए ।

टिप्पणीहरू