चाँदीको जलप लगाइएको सुनको बाला बोकेका भारतीय नागरिक समातिए

चाँदीको जलप लगाइएको सुनको बाला बोकेका भारतीय नागरिक समातिए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गए राति एक जना भारतीय पक्राउ परेका छन् । उनी तोकिएको परिमाणभन्दा बढी सुनको गहना बोकेर आएको पुष्टि भएपछि भन्सार नजिकैबाट नियन्त्रणमा लिइएको थियो ।

कतार एअरवेजको उडानबाट गएराति साढे १ बजे काठमाडौंमा ओर्लिएका भारतीय नागरिक जितेन्द्रकुमार रादादियालाई प्रहरीले पक्रेको हो । एन ९४२७३३२ नम्बरको राहदानी बोकेका ३६ वर्षे जितेन्द्रको साथबाट १ सय ७८ ग्राम सुनको बाला फेला परेको हो । बाहिरबाट चाँदीको लेप लगाइको एक सय ९९ दशमलब ५ ग्रामको गहनाको भित्र सुन फेला परेको बताइएको छ ।

उनलाई थप अनुसन्धानको निम्ति भन्सार कार्यालयले तत्काल प्रहरीको जिम्मा लगाएको थियो । त्यसपछि महानगरीय प्रहरी वृत गौशालामा राति नै पठाइएको हो । 

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातको राजधानी अहमदाबादका हुन् ।

टिप्पणीहरू