आठ जना किशोरी मिलेर ५९ वर्षे पुरुषको हत्या

आठ जना किशोरी मिलेर ५९ वर्षे पुरुषको हत्या

क्यानाडामा आठ जना किशोरी मिलेर एक पुरुषको हत्या गरेका छन् । टोरन्टोमा ५९ वर्षीय पुरुषको हत्या गरेको अभियोगमा ती किशोरीलाई नियन्त्रणमा लिइएको छ । 

स्थानीय समयअनुसार गत आइतवार मध्यरात १३ देखि १६ वर्षका किशोरीले छुरा प्रहार गरेर उनको हत्या गरेका थिए । प्रहरीका अनुसार परिचय नखुलाइएका ती पुरुष आक्रमणको समयमा घरबारविहीनका लागि बनाइएको आवासमा आश्रय लिइरहेका थिए ।

उक्त घटनाबाट आफू निकै दुःखी भएको टोरन्टोका मेयर जोन टोरीले बताएका छन् । मृतकको पेटमा धेरै पटक चक्कु प्रहार भएको बताइएको छ ।

प्रहरीले ती किशोरीहरुलाई आक्रमणस्थल नजिकैबाट पक्राउ गरेको हो । साथबाट हतियारसमेत जफत गरिएको छ । उनीहरू सामाजिक सञ्जालको माध्यमबाट भेटिएको अनुसन्धानबाट खुलेको छ ।

तीमध्ये तीन जना एउटा विवादमा यसअघि नै प्रहरी चौकीमा पुगेका थिए । आक्रमणअघिको साँझ भएको एउटा सामूहिक विवादमा समेत उनीहरु संलग्न थिए ।

टिप्पणीहरू