पूर्वमन्त्री वर्षमान पुन स्वदेश फिर्ता

पूर्वमन्त्री वर्षमान पुन स्वदेश फिर्ता

उपचारको सिलसिलामा छिमेकी मुलुक चीन जानुभएका माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन स्वदेश फर्कनुभएको छ । उहाँसँगै पूर्वसभामुख श्रीमती ओनसरी घर्ति पनि आउनुभएको छ ।

उहाँहरु चाइना साउदर्न एअरको उडानबाट आउनुभएको हो । उक्त एअरलाइन्सको उडान नम्बर सी जेड ६०६७ बाट आज दिउँसो सवा १ बजे पुनः दम्पत्ति स्वदेश फर्कनुभएको हो । नेता पुनले एक वर्षदेखि चीनमा उपचार गराउँदै आउनुभएको छ । उहाँ जटिल प्रकारको जण्डिस रोगबाट पीडित हुनुहुन्छ ।

टिप्पणीहरू