१४ वर्षीया बालिकामाथि होटलमा सामूहिक करणी

१४ वर्षीया बालिकामाथि होटलमा सामूहिक करणी

मोरङमा जबरजस्ती करणीको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्रेको छ । सुन्दरहरैचा नगरपालिका ४ बस्ने २० वर्षीय सचिन तिमल्सिना र वडा नम्बर ६ का २१ वर्षीय प्रताप तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका हुन् । स्थानीय बेलगाछी होटलमा जबरजस्ती करणी गरेको खबर पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरीको भनाइ छ ।
 

टिप्पणीहरू