एमालेले आफ्ना सांसदलाई काठमाडौँ बोलायो

एमालेले आफ्ना सांसदलाई काठमाडौँ बोलायो

नेकपा एमालेले पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा नवनिर्वाचित सांसदहरुलाई एकै ठाउँमा भेला गरेर बधाई तथा शुभकामना दिने भएको छ । 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा भोलि विशेष समारोहकाबीच अध्यक्ष केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले उक्त कार्यक्रमको रिपोर्टिङका लागि पत्रकारहरुलाई निम्तो पठाएका छन् ।

टिप्पणीहरू