लागुऔषध बोकेका भोजपुरमा समातिए

लागुऔषध बोकेका भोजपुरमा समातिए

उदयपुरको त्रियुगा नगरपालिका ९ बस्ने ३६ वर्षीय तिलकबहादुर बस्नेत लागुऔषध ओसारपसारमा पक्राउ परेका छन् । उनलाई भोजपुरको देउराली चोकबाट नियन्त्रणमा लिइएको बताइएको छ ।

बस्नेतले हिरोइन १ ग्राम ४० मिलिग्राम बोकेका थिए । उनको साथबाट तीन थान मोबाइल पनि प्रहरीले फेला पारेको छ ।

शंकास्पद रुपमा हिँडिरहेका उनलाई ज्याकेटमा लुकाई राखेको लागुऔषधसहित समातिएको प्रहरीले जनाएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेकोे छ ।
यता सिरहामा पनि २४ वर्षीय विजय मण्डल लागूऔषधसहित प्रहरी नियन्त्रणमा पुगेका छन् । इलाका प्रहरी कार्यालय बरियापट्टीबाट खटिएको टोलीले उनको चेक जाँच गर्ने क्रममा लागुऔषध फेला पारेको बताइएको छ ।

सुखीपुर नगरपालिका ७ बस्ने उनको साथबाट रेक्सकफ डिएक्स १ बोतल, नाइट्राभेट १२ पिस र स्पास्मो ६ थान फेला परेको हो ।

टिप्पणीहरू