नयाँ दिल्ली विमानस्थलमा किन बढ्यो यात्रुको भीड ?

नयाँ दिल्ली विमानस्थलमा किन बढ्यो यात्रुको भीड ?

भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा यात्रुको थामिनसक्नु भीड देखिएको छ । दुई सातादेखि लागेको भीडमा आजबाट केही कमि आएको भनिए पनि चेक इन र सेक्युरिटी पार गर्न कम्तिमा ४ देखि ५ घण्टासम्म लाग्न थालेको छ । 

विशेषगरी टर्मिनल ३ मा उक्त अवस्था सिर्जना भएको हो । उक्त टर्मिनलबाट भारतका ठूला शहर र विदेश यात्राको उडान हुन्छ । अधिकारीहरुले विशेष पहल गरे पनि सातामा पाँच मीनेट समय बचत गराउन सकिएको दाबी गरेका छन् ।

भीडका कारण यसबीच धेरै यात्रुले उडान छुटाएका छन् । त्यसैले विमान कम्पनीहरुले यात्रुलाई तीनदेखि चार घण्टा अगावै विमानस्थल पुग्न भनेका छन् । त्यसैगरी एउटा मात्र ह्याण्ड ब्याग लैजान र त्यसमा ७ केजीभन्दा बढी सामान नराख्न,खानेकुरा कम बोक्न सल्लाह दिएका छन् । सोही कारण चेक इनमा धेरै समय लागेको उनीहरुको बुझाइ छ ।

यता यात्रुको बिचल्ली भएपछि सरकारले विमान कम्पनीहरुलाई चेक इनमा स्टाफ थप्न भनेका छन् । यता सरकारले पनि मुम्बई र नयाँ दिल्ली विमानस्थलमा सुरक्षा जाँचको निम्ति थप एक सय जना कर्मचारी थपेको जानकारी दिएको छ । अहिले मुम्बई र नयाँ दिल्ली विमानस्थलमा सुरक्षाकर्मीको संख्या बढाएर ४५ सय पुर्याइएको छ ।

टिप्पणीहरू