श्रमजीवी पत्रकारको दुर्घटना बिमाको प्रक्रिया थालियो

श्रमजीवी पत्रकारको दुर्घटना बिमाको प्रक्रिया थालियो

सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका पत्रकारको दुर्घटना बिमाको निम्ति विवरण माग गरेको छ । आज सूचना प्रकाशित गर्दै कार्यालयले चालु आर्थिक वर्षमा गरिने दुर्घटना बिमाको निम्ति विवरण मागिएको जानकारी गराएको छ ।

‘आर्थिक वर्ष २०७९–०८० को वार्षिक स्वीकृत कार्यक्रम कार्यान्वयन गर्न श्रमजीवी पत्रकारहरुको दुर्घटना बिमा गराउन आवश्यक देखिएकाले श्रमजीवी पत्रकारहरुको नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको फोटो दुई प्रति र कार्यरत संस्थाको विवरण र सम्पर्क नम्बर खुल्ने गरी एक साताभित्र कार्यालयमा पठाई दिनुहुन अनुरोध छ,’ सूचनमा भनिएको छ ।

उक्त कार्यालयबाट पत्रकार परिचयपत्र प्राप्त गरी नवीकरण गरेका पत्रकारहरुको विवरण भने कार्यालयमा रहेकाले उनीहरुले आफ्नो व्यक्तिगत विवरण पुनः पठाउन नपर्ने बताइएको छ ।

टिप्पणीहरू