१२ वर्षीया बालिका बलात्कार गर्ने गिरी रंगेहात पक्राउ

१२ वर्षीया बालिका बलात्कार गर्ने गिरी रंगेहात पक्राउ

सुनसरीको इटहरीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी-१९ का खेमराज गिरीलाई पक्राउ गरेको छ । 

घरमा कोही नभएको मौका पारेर मङ्सिर १८ गते साँझ बालिकाको सुत्ने कोठामै गएर गिरीले बलात्कार गरेको स्थानीयको भनाई छ । बालिका चिच्याएपछि छिमेकीले तत्काल प्रहरीलाई खवर गरी गिरीलाई समातेका हुन् । 

स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकाका बाबू विदेशमा रहेको र आमा पहाड गएको बेला छिमेकी समेत रहेका गिरीले अपराधिक मनसायले बलात्कार गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले जानकारी दिए ।

टिप्पणीहरू