राजधानी सर्दा कोही दङ्ग,कोही आगो

राजधानी सर्दा कोही दङ्ग,कोही आगो

लुम्बिनी प्रदेशको राजधानी पोहोर दाङ्ग सारेर अहिले कार्यालयका झिटिगुण्टा ओसारिएपछि सत्ता गठबन्धनका चार पार्टीले स्वागत गरेका छन् भने एमाले बिरोधमा उत्रिएको छ्।  

नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले आज विज्ञप्ति जारी गर्दै स्वागत गरेका छन् । 

लम्बिनी प्रदेशको राजधानी २०७७ असोज २० गते दाङ सार्ने निर्णय गरिएतापनि २०७९ मंसिर १९ गते मात्र सामान सारिएको हो । 

त्यसैले, ‘ढिलै भएपनि सरकारी काम सन्चालन गर्ने गरी दाङ आएकोमा हामी अत्यन्तै खुशी भएका छौँ’ विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू