पोर्चुगल नपठाउने बरु पक्राउ खाने

पोर्चुगल नपठाउने बरु पक्राउ खाने

पोर्चुगल पठाइदिने लोभमा पारेर ठगीधन्दा चलाउने एक व्यक्ति समातिएका छन् । पक्राउ पर्नेमा झापा घर भई हाल भक्तपुर बस्ने ३८ वर्षीय सञ्जिव आचार्य रहेका छन् । उनले पोर्चुगल पठाइदिने भन्दै चार जनाबाट २७ लाख ठगेको आरोप लागेको छ । 

वर्किङ भीसामा वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने र त्यहाँ  पुगेपछि प्रतिष्ठित कम्पनीमा फुड्स किपिङको काम लगाइदिने लोभ देखाएर आचार्यले लाखौँ रकम लिएको पीडितले बताएका छन् । रकम लिएर उनी सम्पर्कविहीन भएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । 
 
प्रहरी टोलीले उनलाई हिजो भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो । थप अनुसन्धान तथा कारबाहीका लागि अभियुक्त आचार्यलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू