रेडियोको कार्यालय तोडफोड,पत्रकारमाथि दुर्व्यवहार

रेडियोको कार्यालय तोडफोड,पत्रकारमाथि दुर्व्यवहार

दाङ्गबाट प्रसारित हुने रेडियो बंगलाचुली ९१ दशमलव ७ मेगाहर्जको कार्यालयमा तोडफोड भएको छ । 

एक समूहले कार्यालयमा प्रवेश गरेर त्यहाँ कार्यरत सञ्चारकर्मीलाई दुर्व्यवहार गरेको,धम्की दिएको,कार्यालयमा तोडफोड र आन्तरिक कागजपत्र च्यातेको नेपाल पत्रकार महासंघले जनाएको छ । 

हिजो दिउँसो साढे १ बजे सो समूहले एक्कासी प्रवेश गरेर यस्तो हर्कत गरेको महासंघद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।  

भनिएको छ,‘महासंघ दाङ शाखाकाअनुसार मंसिर १९ गते सोमबार दिउँसो साढे १ बजेतिर एक्कासी प्रवेश गरेको सो समूहले सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्ने,धम्की दिने तथा रेडियोमा तोडफोड र कार्यालयको आन्तरिक कागजपत्र च्यातिदिएको थियो ।’

सञ्चारकर्मी र रेडियोमा यस किसिमको कार्य संविधानविपरीत भएको महासंघको ठहर छ । पत्रकारितामा लागेकालाई हतोत्साही बनाउने उक्त घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ ।

टिप्पणीहरू