छाडी जानेलाई चाहियो बस्नेको राजीनामा

छाडी जानेलाई चाहियो बस्नेको राजीनामा

रोल्पा प्रदेशसभा (ख) बाट निर्वाचित ‘स्वतन्त्र सांसद’ दीपेन्द्र पुन ‘सिजल’ले माओवादी केन्द्र रोल्पाको इन्चार्जबाट राजीनामा मागेपछि अर्का नेता राजबहादुर बुढा ‘अविनाश’ले आक्रोश व्यक्त गरेका छन्।

माओवादी केन्द्रका पूर्वनेता पुनले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनविरुध्द स्वतन्त्र उम्मेदवारी दिएका उनी कार्यकर्तामाझ लोकप्रिय छन् । निर्वाचनमा विजयी भएलगत्तै उनले आफूविरुध्द गठबन्धनलाई मत माग्दै हिँडेका जिल्ला इन्चार्जको राजीनामा मागेका हुन् ।

प्रदेशसभा सदस्य पुनले राजीनामा मागेपछि नेता बुढाले पार्टी छोडेर गएको मान्छेले राजीनामा माग्नुको कुनै औचित्य नभएको प्रतिक्रिया दिएका छन् ।

‘मैले राजीनामा दिने-नदिने कुरा पार्टीको निर्णयमा भर पर्छ । पार्टीले गरेको निर्णयलाई मान्छु। मैले पार्टीको नीतिलाई फलो गरेको हो । पार्टीले राजीनामा दे भने राजीनामा दिन्छु,’बुढाले भने । रोल्पामा पार्टी संगठन र कार्यकर्ताका सन्दर्भमा इन्चार्ज बुढाले आफूहरूसँग सबै कुरा भएको र स्वतन्त्र सांसद पुनसँग केही पनि नभएको बताएका छन्।

पार्टी नीतिविरुध्द गएको मान्छेलाई माओवादी केन्द्रले कारबाही गर्ने समेत उनले स्पष्ट पारेका छन् ।

टिप्पणीहरू