प्रचण्डका ज्वाईं पनि विजयी,लालबाबु निकै पछाडि

प्रचण्डका ज्वाईं पनि विजयी,लालबाबु निकै पछाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाईं जीवन आचार्य विजयी भएका छन् । आचार्य दोस्रो पटकको निर्वाचन प्रतिस्पर्धामा मोरङ ६ (१) बाट एमालेकी रिता न्यौपानेलाई १ हजार ८ सय ८२ मतले पराजित गर्दै प्रदेश १ सभा सदस्यमा निर्वाचित भएका हुन् । विजयी आचार्यले १९ हजार ४५४ र पराजित न्यौपानेले ७२ हजार ५७२ मत प्राप्त गरेका छन् । 

यसअघि २०७४ को निर्वाचनमा आचार्य काँग्रेसका चुमनाराण तवदारसँग झिनो मतान्तरले पराजित भएका थिए । तर निर्वाचनमा पराजित भए पनि निरन्तर आफनो क्षेत्रमा सक्रिय हुँदै १६ करोडभन्दा बढी रुपैयाँको योजना लगेपछि उनी स्थानीय जनतामाझ लोकप्रिय बनेको बताइन्छ । 

पहिले शक्तिशाली मान्छेका ज्वाईंको ‘ट्याग’ लागेका आचार्यले आफनै सक्रियतापछि उक्त ‘टयाग’ मेटाउन सफल भएको माओवादीहरुको दावी छ । खोटाङमा जन्मिएर मोरङको बूढीगंगा गाउँपालिका ४, हात्तीमुढामा हुर्केका आचार्य थारु भाषा फरर्र बोल्छन् ।


शेखरभन्दा लालबाबु धेरै पछाडि
 
मोरङ ६ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका डा. शेखर कोइरालाले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार काँग्रेसका कोइराला एमालेका लालबाबु पण्डितभन्दा ६ हजार १ सय ४३ मतले अगाडि देखिन्छन् । 
कोइरालाले २१ हजार ८४८ मत प्राप्त गरेर फराकिलो अग्रता कायम राखेका छन् । निकटतम प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले १५ हजार ७०५ मत प्राप्त गरेका छन् ।

टिप्पणीहरू