ललितपुर ३ मा एमाले उम्मेदवारलाई तोसिमा कार्कीको कडा टक्कर

ललितपुर ३ मा एमाले उम्मेदवारलाई तोसिमा कार्कीको कडा टक्कर

ललितपुर ३ मा हालसम्म ४३ सय मत गणना भइसकेको छ । त्यसमध्ये एमाले उम्मेदवार अमृत खड्का झिनो मतान्तरले अगाडि देखिएका छन् । उनलाई घण्टी चिन्ह लिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले कडा टक्कर दिएकी छन् ।

खड्काले १४ सय ६८ मत पाउँदा कार्कीले १४ सय ४८ मत ल्याएकी छन् । गठबन्धनको तर्फबाट उठेकी माओवादी नेतृ पम्फा भुसालले ९८७ मत ल्याएको बताइन्छ । 

सो क्षेत्रमा हालसम्म राप्रपाले ११३ मत, लौरो चुनाव चिन्हले ७१ पाएका छन् । हालसम्म ललितपुर ३ मा १५६ मत बदर भएको छ ।

टिप्पणीहरू