पति जेलमा,पत्नी माननीय बन्ने मुखैमा

पति जेलमा,पत्नी माननीय बन्ने मुखैमा

कैलाली निर्वाचन क्षेत्र नम्बर-३ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अग्रसरता देखिएको छ । 

नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पछि पार्दै नाउपाले अग्रता लिएको हो । यही क्षेत्रबाट बिजयी उम्मेदवार रेशम चौधरी टिकापुर नरसम्हार काण्डमा जेल परेकाले उनकी पत्नी रन्जिता श्रेष्ठ बिजयी बन्ने निश्चितजस्तै देखिन्छ ।

एक हजार ८१० मत गन्दा नाउपाका गंगाराम चौधरीले ६ सय मत प्राप्त गरेका छन् ।  चार सय ५० मतसहित माओवादीका कृष्णकुमार चौधरीले उनलाई पछ्याइरहेका छन् । 

त्यस्तै,नेकपा एमालेका गौरीशंकर चौधरीले २५० मत पाएका छन् ।
 

टिप्पणीहरू