निर्वाचन बहिष्कार भन्दै हिँडेको समूहमाथि उच्च निगरानी

निर्वाचन बहिष्कार भन्दै हिँडेको समूहमाथि उच्च निगरानी

सरकारले आसन्न निर्वाचन बहिष्कार गर्ने भन्दै हिँडेका समूहमाथि उच्च निगरानी थालेको छ ।

निर्वाचन बिथोल्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेकालाई मुलकका विभिन्न स्थानबाट पक्रने क्रम जारी छ । 

हालसम्म १ सय १५ जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । तीमध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरिएको जनाइएको छ ।

निर्वाचन विथोल्न विप्लव नेतृत्वको नेकपासहित २० भन्दा बढी समूह सक्रिय देखिन्छन् । निर्वाचन बहिष्कारको घोषणा गरेका समूहलाई सुरक्षा चुनौतीको रुपमा लिइएकाले उच्च निगरानी राखिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरिक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।

टिप्पणीहरू