धनुषामा टेम्पो दुर्घटना : चालकको मृत्यु, दुई घाइते

धनुषामा टेम्पो दुर्घटना : चालकको मृत्यु, दुई घाइते

धनुषामा टेम्पो दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सबैला नगरपालिका–९, भठियनमा आज टेम्पो पल्टिँदा रामसेवक पण्डितको मृत्यु भएको बताइएको छ ।

भठियनबाट दुई जना विद्यार्थी बोकी खरियानीतर्फ जाँदै गरेको ज. १ ह ३० ७३ नंम्बरको टेम्पो आज बिहान ११ बजे दुर्घटना भएको हो । टेम्पामा सवार ५ वर्षिया अंशुकुमारी यादव र ९ वर्षे कृष्ण यादव घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पताल, जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू