तिलगंगा नजिकै दुर्घटना : चालक बिते, पछाडि बस्ने घाइते

तिलगंगा नजिकै दुर्घटना : चालक बिते, पछाडि बस्ने घाइते

काठमाडौँको तिलगंगा नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बसको ठक्करबाट मोटरसाइकल चालक स्याङजाका माधव पाण्डेको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा आज निधन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार रामेछापकी गंगामाया मगर घाइते भएकी छन् । उनको सोही अस्पतालमा उपचार भईरहेको छ ।

एयरपोर्टबाट गौशलातर्फ जाँदै गरेको बा ९२ प ३१ २० नम्बरको मोटरसाइकललाई आज दिउँसो पौने १ बजे बा ४ ख ९३९६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । उक्त बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त गौशलाले जानकारी दिएको छ ।

टिप्पणीहरू