बसमा ठोक्किएका शेरबहादुरको अस्पतालमा प्राणान्त

बसमा ठोक्किएका शेरबहादुरको अस्पतालमा प्राणान्त

रूपन्देहीमा मोटरसाइकल र बस एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१२ जैकुटीका ४८ वर्षीय शेरबहादुर थापाको आज निधन भएको हो ।

बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा गएराति ना.६ ख ७९०९ नम्बरको बससँग लु.२७ प ६९७४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । बसमा ठोक्किएर गम्भीर घाइते भएका थापाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ ।

टिप्पणीहरू