उदयपुरमा आगलागी, तीन घर खरानी

उदयपुरमा आगलागी, तीन घर खरानी

कटारी–८ स्थित ढुङ्गेमा आज भएको आगलागीमा तीन घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर ध्वस्त भएको हो ।

पूर्णबहादुरको घरबाट शुरु भएको आगलागीले अन्य दुई घरसमेत जलेको छ । आगलागीबाट झण्डै ४६ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताए ।

आगलागीमा पूर्णबहादुरको अन्नपात, सुनचाँदी, पशुचौपाया गरी २५ लाख, सन्तबहादुरको घर, काठपातलगायत गरी १५ लाख र यज्ञबहादुर मगरको घरसहित ६ लाखको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

टिप्पणीहरू