ब्रेक नलाग्दा सैनिक ट्रक पल्टियाे, ७ जना घाइते

ब्रेक नलाग्दा सैनिक ट्रक पल्टियाे, ७ जना घाइते

डडेल्धुरामा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा सात जना घाइते भएका छन् । अमरगढी नगरपालिका-११ धनढुङ्गामा भएको सो दुर्घटनामा चालकसहित सात जना घाइते भएका हुन् ।

बा १ ग २४ ५३ नम्बरको सैनिक ट्रक आज बिहान साढे ९ बजे ब्रेक फेल भएर पल्टिएको थियो । दुर्घटनामा घाइते भएका सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू