भन्सार गेटमा मोटरसाइकल ठोकिँदा एक भारतीयको मृत्यु

भन्सार गेटमा मोटरसाइकल ठोकिँदा एक भारतीयको मृत्यु

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१५ भन्सार गेटको ब्यारेकमा गएराती मोटरसाइकल ठोकिँदा उनको ज्यान गएको हो ।

नेपालगञ्जबाट रुपडियातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भारतका ३२ वर्षीय सन्दिप कुमार साहु गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय पृथ्बी राजपुल घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू