वीर अस्पतालका नर्सहरु तनावमा,मेट्रोन भन्छिन् ‘यस्तो हुनै सक्दैन’

वीर अस्पतालका नर्सहरु तनावमा,मेट्रोन भन्छिन् ‘यस्तो हुनै सक्दैन’

हरेक क्षेत्रबाट यौन दुर्व्यवहारका घटनाहरु बाहिरिन थालेका छन् । कतिपय लब्धप्रतिष्ठित महानुभावहरु यौनकाण्ड र यौन दुर्व्यवहारमा मुछिएका खबर पनि बाहिरिएका छन् ।

केही साताअघि सुन्दरी प्रतियोगिता र चाबहिलस्थित सेन्ट लरेन्स कलेजको घटनाले नयाँ छाल ल्याएको छ । उता पल शाहले पुर्पक्षको निम्ति जेलमै बस्नुपर्ने उच्च अदालतबाट समेत आदेश आएको छ । पूर्वतिरको बोर्डिङ स्कुलका प्रिन्सिपल पनि बालिका बलात्कारको घटनामा समातिएका छन् ।

यी सबै घटना एकपछि अर्को बाहिर आउँदै गर्दा मुलुककै जेठो र ठूलो अस्पताल वीर अस्पतालको पुरानो तुष पनि बाहिर निस्केको अवस्था छ ।

नेपालकै सबैभन्दा पुरानो अस्पतालमा नर्सहरु बोल्नु न पोल्नुको अवस्थाबाट गुजृरहेको गुनासो छ ।

युरोलोजी विभागमा कार्यरत डा। अनिल श्रेष्ठ र अपरेशन थिएटरका डा. पारसमणि श्रेष्ठमाथि उक्त आरोप लागेपछि न आरोपितले आफ्ना कुरा भन्ने मौका पाएका थिए न त पीडित भनिएका नर्सहरुले नै वास्तविकता खुलाउने फोरम भेटे ।

‘थिएटरमा सबै जना हुने भएकाले डाक्टरले त्यस्तो हर्कत गरे भन्ने कुरो असम्भव लाग्छ । एउटी नर्सलाई हाउभाउ गरेको औंला र आँखा त हामीले पनि देख्नुपर्ने नि !

चिकित्सकहरुले नर्सका विभिन्न अंगको ब्याख्या गर्ने,संवेदनशील अंगहरु छुन खोज्ने,आँखाले इशारा गर्नेलगायतका अवाञ्छित कार्य गरेको उनीहरुको भनाइ पत्रको रुपमा जनआस्था अनलाइनमा आएको थियो ।

जनआस्थासँगको सम्पर्कमा आएकी एक नर्सले डाक्टरहरुको व्यवहारका कारण जागिर नै निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताइन् ।

हुन पनि आवश्यक नपरेसम्म नर्सहरु अप्रेशन थिएटर र युरोलोजी विभागमा छिर्दैनन् । उक्त विभागका समाचार बाहिर आएपछि अन्य विभागमा पनि महिला कर्मचारी र नर्सहरु सशँकित हुने गरेको प्रशासनका कर्मचारीहरुले बताए । अस्पताल र नर्स यति सँवेदनशील हुन्छन् कि तिनको सुरक्षाप्रति सबैको चासो रहन्छ । पन्चायतकालमा मन्त्री बद्रि मण्डलले मुलुकको त्यही जेठो अस्पतालमा बबाल मच्चाएको भनेर कम्ती आवाज उठेको थिएन ।

घरमा श्रीमती हुँदाहुदै नर्स लिएर घुम्न हिँडेकै कारण तिनैमध्येका एक जनाको सम्बन्धबिच्छेद भएको एक जना नर्सले आरोप लगाइन् । कार्यालयको काम भन्दै धरान जाँदा एक जनाको सम्बन्ध सिसाझैँ फुटेको समेत सुन्नमा आयो ।

यता,अर्का डाक्टरले पनि पोखरा जाँदा असिष्टेन्ट नर्स लगेको चर्चा उत्तिकै ब्याप्त छ । तर उक्त विषयमा अस्पताल प्रशासन भने बेखबर रहँदै आएको प्राप्त पत्रले बताउँछ ।

करियरको साढे दुई दशकपछि आफ्नो छविमाथि दाग लगाउने कार्य भएको उनी बताउँछन् । डा. पारसमणिले भने,‘त्यस्तो कार्य गर्नु त धेरै टाढाको कुरा,मैले तुच्छ शब्दको प्रयोगसमेत गरेको छैन

यता,अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले आफू यसबारे अनभिज्ञ रहेको बताए । जनआस्थासँगको कुराकानीमा उनले भने, ‘मैले पनि सामाजिक सञ्जालमा देखेपछि मात्र यो कुरा थाहा पाएको हुँ । आजसम्म कुनै पनि नर्सले मेरो सामुन्ने आएर आफूमाथि यौन दुर्व्यवहार भएको जानकारी गराएका छैनन् । मलाई थाहा भएको भए त्यतिखेरै एक्सन लिइसक्थेँ ।’

साथै,बस्नेतले यस विषयमा छानबिन गर्न नर्सहरुको हाकिम ९मेट्रोन० लाई निर्देशन दिएकोसमेत बताएका छन् । साँच्चै नै यस्तो भएको रहेछ भने डाक्टरहरुमाथि कारबाही हुने ठोकुवासहित अन्तमा भने,‘मलाई लाग्दैन,डाक्टरहरुले त्यसो गरे होलान् ।’

अप्रेशन थिएटरकी इञ्चार्ज उजेली थापाले पनि अस्पतालमा त्यस्तो खालको वातावरण नै नभएको बताइन् । अस्पतालमा काम गरेको चार वर्ष बितिसक्दा आजसम्म पनि यौन दुर्व्यवहार भएको घटना आफ्नो कानमा नपरेको उनको भनाइ छ । तर त्यस्तो संवेदनशील विषय एकाएक बाहिर आउनुले आफूलाई पनि आश्चर्यचकित बनाएको इञ्चार्ज थापा बताउँछिन् । उनले भनिन्, ‘थिएटरमा सबै जना हुने भएकाले डाक्टरले त्यस्तो हर्कत गरे भन्ने कुरो असम्भव लाग्छ । एउटी नर्सलाई हाउभाउ गरेको औंला र आँखा त हामीले पनि देख्नुपर्ने नि !’

‘थिएटरमा एक जना नर्स मात्र हुँदैनन्, टोली नै हुन्छौं । कसले के गरिराखेको छ त्यो थाहा भइहाल्छ,’ उनको भनाइ हो यो । थापाका अनुसार समय मिलाएर व्यक्तिगत रुपमा एक–एक नर्सहरुको हालचाल सोध्ने गरिएको छ । आफू यौनहिंसाको सख्त विरोधी भएको र यस्तो विषयमा चुप नरहने उनले बताइन् । भनिन्,‘अस्पतालबाट धरान र पोखरा लगेको कुरो मलाई थाहा भएन ।’

थापाका अनुसार,बाहिर कसले के गर्छ त्यो कसैलाई पनि मतलब हुने कुरो भएन । तर अस्पतालभित्र त्यस्तो घीनलाग्दो क्रियाकलाप नभएकोमा आफू विश्वस्त रहेको उनले दाबी गरिन् ।

थिएटरमा खटिएका सबै नर्सलाई सोधपुछ गरिसकेको मेट्रोन संगीता श्रेष्ठले बताइन् । कसैले पनि हाल बाहिर आएको भनिएको घटनाबारे मुख नखोलेको उनको भनाइ छ । वीर अस्पतालबारे आएका समाचारहरु अफवाह मात्र भएको मेट्रोन श्रेष्ठको बुझाइ छ । उनी भन्छिन्, ‘पुराना कुरा भएको भए हामीलाई थाहा भएन । तर हालसालै यस्ता क्रियाकलाप भएको भनेर हामीसम्म आइपुगेको छैन ।’ मेट्रोन श्रेष्ठ गत भदौदेखि अस्पतालमा कार्यरत छिन् ।

अर्का आरोपी डा.अनिलले यसबारे कुनै स्पष्टिकरण वा धारणा नदिने बताए । घरपरिवार भएको व्यक्तिमाथि नचाहिँदो आरोप लगाइएको उनको भनाइ छ ।

डा. पारसमणिले भने कोही कसैले रिस साँधेर आफूमाथि गम्भीर आरोप लगाएको बताए । थिएटरमा आफूले नर्सहरुलाई धेरै गाली गर्ने भएकाले यस्तो घटिया आरोप लगाइएको अनुमान उनको छ । ‘तर बाहिर आएका खबर सरासर झुठा हुन्,’डा. पारसमणिको दाबी छ ।

करियरको साढे दुई दशकपछि आफ्नो छविमाथि दाग लगाउने कार्य भएको उनी बताउँछन् । डा। पारसमणिले भने,‘त्यस्तो कार्य त धेरै टाढा, मैले तुच्छ शब्दको प्रयोगसमेत गरेको छैन ।’

अर्का आरोपी डा.अनिलले यसबारे कुनै स्पष्टिकरण वा धारणा नदिने बताए । घरपरिवार भएको व्यक्तिमाथि नचाहिँदो आरोप लगाइएको उनको भनाइ छ । यस्तो संवेदनशील घटनामा आफ्नो नाम जोडेर आउँदा विक्षिप्त भएको उनले बताए ।

‘चिकित्सा क्षेत्रमा लागेको २० वर्षपछि यत्रो आरोप लाग्नु अकल्पनीय विषय हो,’उनी भन्छन् । नर्स,मेट्रोन,अस्पताल प्रशासन र चिकित्सकहरुको कुरो सुन्दा सबै आफ्नो ठाउँमा ठीक देखिन्छन् । तर, समाजमा बाहिर आउन थालेका पुराना घटनाको सन्दर्भमा भने हरेक आरोपलाई शंकाको दृष्टिकोणले हेरिनुपर्ने, यसबाट दूधको दूध पानीको पानी छुट्टिने,पेशागत मर्यादा कायम रहने अनि कसैलाई पनि अन्याय हुन नहुने विज्ञहरुको बुझाइ छ ।

यसवीच अस्पतालको अपरेसन थिएटरका सबै सिस्टर ९नर्स० हरुलाई अस्पतालका निर्देशकले हालै बोलाएर ती दुई डाक्टरको सामुन्ने कसले समाचार दिएको हो रु भनेर सोध्नुभएको छ । तर उक्त बेलामा कसैले पनि खुलेर मैले गरेको भन्न सकेनन् ।

त्यसपछि सबै सिस्टरले संयुक्त रुपमा ‘हामीलाई दुई जनाले कुनै पनि अभद्र व्यवहार नगरेको’ व्यहोरा लेखिएको निवेदन निर्देशकलाई बुझाएका छन् । उता आरोपी चिकित्सक दुवै जनाले अस्पतालको तर्फबाट जनआस्थालाई भ्रमपूर्ण समाचार दिएको भनेर प्रेस विज्ञप्ति निकाल्न हाकिमलाई आग्रह गर्नु अस्वाभाविक पनि होइन ।

केही कर्मचारी र डाक्टरले समाचार सतप्रतिशत झूठो पनि होइन भनेर निर्देशकलाई बताएपछि अस्पतालले अहिलेका सिस्टरहरुलाई संयुक्त निवेदन दिन लगाएको सुनिन्छ । त्यहि निवेदनको आधारमा अस्पताल प्रशासनले सोसम्बन्धमा छानबिन गर्दा आरोपीहरुबाट कुनै पनि शंकास्पद व्यवहार नदेखिएको भन्दै विज्ञप्ति निकाल्ने तयारी भैरहेको छ ।

यता आरोपी दुई जना चिकित्सकले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा निवेदन हालेर भए पनि जनआस्थामा पठाइएको इमेल पत्ता लगाइछाड्ने उद्घोष गरेका छन् । त्यसैगरी उनीहरुले अस्पताल प्रशासनले जनआस्थाविरुध्द मानहानीको मुद्दा हाल्नुपर्ने र प्रेस काउन्सिलमा निवेदन दिनुपर्ने आवाज उठाएका छन् ।

तर स्रोत भन्छ,‘गल्ती गरेको छैन भने डराउनु हुन्न,गल्ती गरेकै हो भने धेरै कराउनु हुन्न ।

टिप्पणीहरू