किशोरीलाई जबरजस्ती करणी गर्ने पौडेल पक्राउ

किशोरीलाई जबरजस्ती करणी गर्ने पौडेल पक्राउ

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ कैलाशनगर बस्ने ४१ वर्षीय वीरबहादुर पौडेल क्षेत्रीलाई आज प्रहरीले पक्राउ गरेको हो ।

सोही गाउँपालिका–३ सिद्धबाबास्थित पावर हाउसको प्रतिक्षालय नजिक क्षेत्रीले ती किशोरीलाई हिजो साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पौडेलमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू