बालुवाटारमा केही बेर ३ जना,त्यसपछि २ जना

बालुवाटारमा केही बेर ३ जना,त्यसपछि २ जना

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट गर्नुभएको छ । उहाँहरुबीच बिहान ११ बजेदेखि झण्डै एक घण्टा कुराकानी भएको हो ।

भेटघाटमा पहिलो आधा घण्टा उहाँहरुसँगै गृहमन्त्री बालकृष्ण खाँण पनि बस्नुभएको थियो । तीन जनाबीचको कुराकानीपछि मन्त्री खाँण त्यहाँबाट बाहिरिनुभयो ।

खाँण निस्केपछि झण्डै आधा घण्टासम्म प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच मात्र खास कुराकानी भएको बताइन्छ ।

टिप्पणीहरू