पूर्वसभामुख र पूर्वमन्त्रीप्रति काँग्रेस सशंकित

पूर्वसभामुख र पूर्वमन्त्रीप्रति काँग्रेस सशंकित

हिजो रोल्पाको गंगादेव गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली काँग्रेसका दुई जना कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

गंगादेव गाउँपालिका–५ का माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मानबहादुर डाँगीको निर्देशनमा स्थानीय ‘गुण्डा’ को रुपमा परिचित राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट काँग्रेसनिकट तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा गम्भीर घाइते भएका छन् । उनीहरूको अहिले नेपालगञ्जमा उपचार भइरहेको स्थानीय कमल हमालले जनाएका छन् ।

माओवादी नेत्री तथा पूर्वसभामुख ओनसरी घर्ती र पूर्वअर्थमन्त्री वर्षमान पुन एक हप्तादेखि गंगादेवमा रहेको बेलामा गंगादेवमा खुकुरी प्रहारको घटना भएको काँग्रेसीहरूले बताएका हुन् ।

टिप्पणीहरू