गभर्नर निलम्बनको मुद्दा आज सपना मल्ल र टंक मोक्तान श्रीमानले हेर्ने, सरकार हार्ने

गभर्नर निलम्बनको मुद्दा आज सपना मल्ल र टंक मोक्तान श्रीमानले हेर्ने, सरकार हार्ने

अघिल्लो आइतबार झैँ आज पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सरकारविरुद्ध दायर गर्नुभएको मुद्दा सर्वोच्च अदालतको ९ नम्बर इजलासमा परेको छ । उक्त मुद्दा न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ ।

आज मुद्दाका दुवै पक्षले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारेमा आफ्ना धारणा राख्दैछन् । अघिल्लो साता न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासको ४ नम्बर पेसीमा रहेको उक्त मुद्दा आज ९ नम्बरको संयुक्त इजलासको पेसी नम्बर ४ मै परेको छ ।

गत साताको एकल इजलासले सरकारले गभर्नर अधिकारीलाई गरेको निलम्बन कार्यान्वयन नगर्न र छानबिन समितिलाई काम नथाल्न आदेश दिएको थियो । सोही आदेशबमोजिम अधिकारी भोलिपल्टै बैंकमा आफ्नो जिम्मेवारी वहन गर्न गएका थिए ।

सरकारको निर्णयमा कुनै दम नभएको हुँदा आज अधिकारीले अन्तरिममा निरन्तरता पाउने सम्भावना अत्यधिक रहेकोे बताइन्छ ।

टिप्पणीहरू