आईपीएलमा फेरि कोरोना छिर्यो

आईपीएलमा फेरि कोरोना छिर्यो

क्रिकेट जगतकै सबैभन्दा ठूलो लिग मानिने इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा सहभागी एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । दिल्ली क्यापिटल्सका तर्फबाट प्रतियोगितामा सहभागि खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको हो ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण पुनः बढ्दै गएको छ । जसको प्रत्यक्ष असर जारी आईपीएलमा पनि देखिएको हो । दिल्ली क्यापिटल्सका एक जना अधिकारीमा कोरोना देखिएको थियो । त्यसलगत्तै अहिले एक जना खेलाडीमासमेत कोरोना संक्रमण देखापरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पहिलो पटक दिल्लीका फिजियो प्याट्रिक फरहार्टमा कोरोना पोजिटिभ देखिएको थियो । अब, उनीसँगै अर्का एक खेलाडीमा समेत कोरोना देखिएको छ । खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।

दिल्लीले आउँदो आफ्नो खेल पञ्जाब किंग्सविरुद्ध खेल्दै छ । कोरोना देखिएसँगै सबै खेलाडीलाई होटेलमै राखिएको र दुई दिनमा कोरोना रिपोर्ट आउने जनाइएको छ ।

अघिल्लो सिजनको आईपीएल कोरोनाकै कारण संयुक्त अरब इमिरेट्स (यूएई) मा सारिएको थियो । भारतमा बन्द रंगशालामा प्रतियोगिता गराउँदासमेत कोरोना संक्रमण देखिन थालेपछि खेल यूएईमा सारिएको हो ।

प्रतियोगिताअन्तर्गत आज एक खेल हुँदै छ । बेलुकी हुने खेलमा राजस्थान रोयल्स र कोलकता किङ्स राइडर भिड्दैछन् ।

टिप्पणीहरू