प्रधान सेनापतिद्वारा बम डिस्पोजल टोलीलाई तयारी हालतमा राख्न निर्देशन

प्रधान सेनापतिद्वारा बम डिस्पोजल टोलीलाई तयारी हालतमा राख्न निर्देशन

प्रधान सेनापति प्रभुराम शर्माले बैशाख ३० गतेको स्थानीय तह निर्वाचन स्वतन्त्र,निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न चार वटै कमाण्डका सेनापतिहरुलाई निर्देशन दिनुभएको छ ।

उहाँले सरकारबाट प्राप्त जिम्मेवारीहरु पूरा गर्न सबै कमाण्डलाई विशेष निर्देशन दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनमा आफ्नो जिम्मेवारी क्षेत्रहरुको सुरक्षास्थितिको निरन्तर मूल्यांकन गर्ने,जिल्ला प्रशासन कार्यालय, प्रदेश एवं स्थानीय सुरक्षा निकाय तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरुसँग निरन्तर समन्वय गरी कार्य गर्न भनिएको छ ।

शर्माले नेपाली सेनालाई उच्च सतर्कताका साथ रहन तथा बम डिस्पोजल टोलीलाई आवश्यकताअनुसार तयारी हालतमा राख्न आदेश दिनुभएको छ ।

टिप्पणीहरू