न्याय नपाए सर्वोच्च जानु भन्दै खरिदार,सुब्बाहरु रामशाहपथमा

न्याय नपाए सर्वोच्च जानु भन्दै खरिदार,सुब्बाहरु रामशाहपथमा

केही समय अघिसम्म सर्वोच्च अदालतको मूल गेटमा वकिलहरुले धर्ना र कार्यक्रमलाई जारी राखेका थिए । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको राजीनामा माग्दै उनीहरुले अवज्ञा गरेका हुन् ।

तर आज भने निजामती कर्मचारीहरुले सर्वोच्च अदालतको मूलगेट बाहिर धर्ना दिने भएका छन् । उनीहरुले अदालतमा समायोजनसम्बन्धी मुद्दाको पेशी तोकिएकाले आज बिहान साढे ९ बजे धर्नामा बस्न आह्वान गरेका हुन् ।

उनीहरुले खरिदार (२०७६), सुब्बा (२०७७) र अधिकृत (२०७७) सँग सम्बन्धित समायोजन मुद्दाको पेशी तोकिएको हुनाले उक्त मितिसँग सरोकार रहेका कर्मचारी सबैलाई सर्वोच्चको सामुन्ने पुग्न सूचित गरेका छन् ।

न्याय नपाए गोरखा जानु होइन,सर्वोच्च भनेर बुझ्न पर्ने भयो है ! भन्दै बिहान साढे ९ बजे सर्वोच्च अदालतको गेट अगाडि पुग्न सबैलाई उर्दी छ ।

टिप्पणीहरू