दिउँसो आँखा देख्ने लाटोकोसेरोको अवशेष भेटियो

दिउँसो आँखा देख्ने लाटोकोसेरोको अवशेष भेटियो

जीव वैज्ञानिकहरुले चीनमा उल्लुको कंकाल फेला पारेका छन् । उत्तरपश्चिम क्षेत्रमा आश्चर्यजनक रुपमा ६० लाख वर्षअघिको विलुप्त उल्लुको संरक्षित अवशेष कंकाल फेला परेको हो ।

प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्समा हिजो प्रकाशित अध्ययन सामग्रीका अनुसार भेटिएको उक्त कंकालको आँखाको हड्डीले उल्लु रातमा नभई दिउँसो सक्रिय रहेको पनि खुलासा गरेको छ । प्राचीनकालमा दिनको उज्यालोमा पनि उल्लु सक्रिय रहने गरेको तथ्यसहितको यो पहिलो सामाग्री हो ।

चाइनिज एकेडेमी अफ साइन्सेजअन्तर्गत इन्स्टिच्युट अफ भेर्टेब्रेट पेलियोन्टोलोजी एन्ड पेलियोएनथ्रोपोलजीका ली झिहेङ र थोमस स्टिडमको नेतृत्वमा अनुसन्धान टोलीले उक्त कंकालको विस्तृत अध्ययनपछि मिओसर्निया डिउर्ना भनेर नामाकरणसमेत गरेको छ ।

उक्त कंकाल चीनको कान्सु प्रान्तको छिङ्हाई–तिब्बतको किनारमा २१ सय मिटरभन्दा बढी उचाइका चट्टानहरूमा फेला परेको हो ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू