हिजो प्रचण्डको,आज माधव र ओलीको

हिजो प्रचण्डको,आज माधव र ओलीको

अस्ति संसदबाट एमसीसी अनुमोदनपछि प्रमुख दलका नेताहरुले पत्रकार सम्मेलन गरेर समसामयिक विषयमा स्पष्ट पार्न थालेका छन् । सो क्रममा आज दिउँसो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पत्रकार सम्मेलनको आयोजना गर्न लाग्नुभएको छ ।

सम्मेलन समसामयिक विषयमा दिउँसो २ बजे अर्पण व्याङ्क्वेट, नयाँ बानेश्वरमा हुने बताइएको छ । आजै प्रमुख विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि जर्मन हाउस,गट्ठाघर भक्तपुरबाट ठाउँ सारेर रोयल ब्याँक्वेट,तीनकुनेमा १ बजे पत्रकार सम्मेलनको आयोजना गर्न लाग्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो आफ्नै निवास, खुमलटारमा पत्रकार सम्मेलन गरेर एमसीसी र समसामयिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्नुभएको थियो । हिजै दिउँसो नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले पनि पार्टी कार्यालयमा पत्रकार भेटघाट मार्फत् एमसीसी अनुमोदनको विषयमा काँग्रेसको धारणा राख्नुभएको थियो ।

टिप्पणीहरू