प्रधानमन्त्रीसँग मन्त्रीहरुको तारन्तार भेट

प्रधानमन्त्रीसँग मन्त्रीहरुको तारन्तार भेट

आज बिहान परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग झण्डै एक घण्टा छलफल गर्नुभएका प्रधानमन्त्रीले भर्खरै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल थाल्नुभएको छ । प्रधानमन्त्रीसँग भेट्न मन्त्री कार्की क्वार्टरमा खाना खाइवरि साढे ११ बजे प्रधानमन्त्री निवास छिर्नुभएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीको संसदीय अनुमोदन, सत्ता गठबन्धन र एमालेसँगको वार्ताको निचोड आजका भेटवार्ताका विषय भएको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीले प्रमुख राजनीतिक दलका नेताहरुसँगको भेटवार्तामा मुख्यगरी सञ्चारमन्त्री कार्कीलाई सामेल गराउँदै आउनुभएको छ ।

टिप्पणीहरू