डिजिटल सुरक्षा बढाउन भिडियो प्रतियोगिता

डिजिटल सुरक्षा बढाउन भिडियो प्रतियोगिता

सुरक्षित इन्टरनेट दिवसको अवसर पारेर नेपाल दुरसञ्चार प्राधिकरणले भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ । अनलाइन बालसुरक्षा र डिजिटल साक्षरता अभिवृद्धि गराउने उद्देश्यले प्राधिकरणले जानकारीमूलक भिडियो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

दिवसका अवसरमा प्राधिकरण, सिर्जनशील समाज, राष्ट्रिय बालअधिकार परिषदसँगको समन्वय र नेट फर गुड एलाइन्सको सहकार्यमा प्रतियोगिता आयोजना गरिने प्राधिकरणले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट भिडियोलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । बढीमा दुई मिनेटसम्मको भिडियो फागुन २ गते राति १२ बजेभित्र पठाउन भनिएको छ । प्रतियोगितामा सातै प्रदेशका १२ देखि १८ वर्षसम्मका किशोरकिशोरीले भाग लिन सक्नेछन् ।

भिडियो बनाउँदा बालसुरक्षा र डिजिटल साक्षरताको विषयलाई समेट्न भनिएको छ । भिडियो बनाउँदा व्यक्तिगत र सामूहिक गरी बढीमा चार जनासम्मको समूहमा वा बाल क्लब÷विद्यालयमार्फत बनाउन सकिनेछ ।

भिडियो नेपाली वा अंग्रेजी भाषामा बनाउनुपर्नेछ । कतै पनि सार्वजनिक नभएको भिडियो मात्र प्रतियोगिताको लागि उपयुक्त हुने प्राधिकरणले जनाएको छ । भिडियो इमेलमार्फत पठाउनुपर्ने छ ।

टिप्पणीहरू