पशुपति क्षेत्रमा पर्यटनमन्त्रीको छड्के, गुहेश्वरीका टहरा हटाउन निर्देशन

पशुपति क्षेत्रमा पर्यटनमन्त्रीको छड्के, गुहेश्वरीका टहरा हटाउन निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा हटाउन निर्देशन दिनुभएको छ ।

पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिनुभएको हो ।

अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, बनकाली , गुहेश्वरीलगायतका क्षेत्रमा पुग्नुभएको थियो । सो क्रममा उहाँले पशुपति क्षेत्रभित्र निकै बिकृति देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको बताइएको छ ।

पशुपति विकास कोषका यसअघिका पदाधिकारीहरुले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अव यसलाई सुधार गर्ने प्रतिवद्धतासमेत जनाउनु भएको छ ।

उहाँले पशुपतिमा फूल, रुद्राक्ष बिक्रिका लागि छुट्टै स्थान बनाएपनि धर्मालम्वीलाई अप्ठेरो हुनेगरि सडकमा नै फूलमाला बिक्रि गरिएको पाइएकोले यसलाई पनि व्यवस्थीत गरिने बताउनुभयो ।

टिप्पणीहरू