महिलाको सुरुवालभित्र ब्राउन सुगर र तराजु

महिलाको सुरुवालभित्र ब्राउन सुगर र तराजु

-लेखनाथ शिकारु

पाँचथरको सदरमुकाम फिदिम बजारबाट लागूऔषध र जोख्न प्रयोग गरीने तराजुसहित एक महिला पक्राउ परेकी छन् । फिदिम नगरपालिका-१ मा होटल संचालन गर्ने २९ वर्षीय महिलालाई लागूऔषध लुकाइराखेको अवस्थामा प्रहरीले समातेको हो ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय पाँचथरबाट खटिएको टोलिले ८ ग्राम ब्राउन सुगरसहित हिजो साँझ उनलाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा उनले लगाएको सुरुवालभित्र लुकाइ राखेको अवस्था सो परिमाणमा ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ । लागुऔषधसँगै जोख्न प्रयोग गरीने डिजिटल काटा पनि प्रहरीले फेला परेको हो ।

घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले बताए ।

टिप्पणीहरू