भारतबाट ल्याउँदै गरिएको ३० लाख नगद समातियो

भारतबाट ल्याउँदै गरिएको ३० लाख नगद समातियो

महोत्तरीमा स्रोत नखुलेको ३० लाख नगदसहित युवक पक्राउ परेका छन् । मटिहानी नगरपालिका ३ बर्दाका २३ वर्षीय सहाउदिन राईनलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चेकजाँच गर्ने क्रममा उनको साथबाट १ हजार दरको ३० प्याकेट नोट फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मटिहानीबाट खटिएको टोलीले उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू